नेपालको आदिबासी जनजाती मध्य किरात सुनुवारहरु किरात बंशका वल्लो किरात बर्गमा पर्दछन। सुनुवार जाती हरुले आफ्नो भाषा सँंस्कर र संस्कृतिलाई आफ्नो पुर्वजहरुको अंुल्य निधिको रुप्मा लिएर बाचाएको पायिन्छ।
सुनुवार पुरुष हरुको मुख्य भेश्भुषा दावरा सुरुवल ,भोटो टोपी ,झुम्के रुमाल ,कम्बारी पेटी आदी हो । यस्सै गरी सुनुवार महिलाहरु, गुन्युउ,चोलो झुम्के पाटुकी ,भोटो ,कुउप्नी,चार आनी माला ,आठआनी, काम्पनी रेजी माला,बाग्मुखे चुरा चेप्टे सून धुङ्री बुलाकी आदी लगाउने गर्दछन भने बिनयो,मुर्चुङगा,सियो राख्ने झुम्के खोल,कलात्मक झुम्के थैली आदीले आफुलाई सिङार्ने गर्दछन।