हिउँदे सिरेटोहरुमा सोल्टिनीहरु - केदार सँकेत
हिउँदे सिरेटोले
कान कन्कारहेको
मुटु कम्पाइरहेको
अनि हात कठाँग्रिएको बेला
सोल्टिनीहरूका आगोका झरिलो अगुल्टो जस्तो मन
बासनाका बिभिन्न उन्मादका रङ
मेरो बेचैनीमा तिमी
खै किन साट्न खोज्दैनौ हँ ?
हिउँदे सिरेटोले
मेरै वरिपरि
रङिचङि पातहरु झरिरहेकै बेला
कन्चन जाडोले जमेका
सोल्टिनीहरूका बेचैनी रसिला मौन मनहरु
कन्दराका पानीका चीसा ढिका जस्तै मन
मेरा प्यास तिरखामा तिमी किन पग्लिन खोज्दैनौ हँ ?
बषै पिच्छे कम्पाउने
यी हिउँदे सिरेटोहरुमा
यी हिउँदे मनहरुमा
हो साच्चै न्यानो बिच्छयौना नै प्यारो हुँदो रहेछ
यी युकेका सोल्टिनीहरुका
ती चिसा जुठा ओंठहरु भन्दा त ।
+++++++
आँके नमसेवल - होम सुनुवार
भेडाच्याङ्ग्राहरुको देश - सरुभक्त